Logo

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने



काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्री दाहाललई दुई ठूला दल कांग्रेस र एमालेले तत्काल मार्गप्रशस्त गर्न भनेका छन् ।

तर, प्रधानमन्त्री दाहालले आफूले संवैधानिक प्रावधानअनुसार सदनमा विश्वासको मत लिने भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निधो गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot