Logo

दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय



सियोल, २१ असार । जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले किम उपनामले चिनिने आक्रमणकारीले समर्थक भएको नाटक गरी लीको घाँटीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट लीलाई गम्भिर चोट लागेकाले उहाँको आपतकालीन शल्यक्रिया गरिएको थियो र एक हप्ताको अस्पतालमा उपचारपछि उनी निको भएका थिए ।

दक्षिणी बन्दरगाह शहर बुसानमा जनवरी २ मा आयोजित एक कार्यक्रममा राजनीतिज्ञलाई पत्रकारहरूले घेरिएको बेला घाँटीमा छुरा प्रहार गरेका थिए ।आक्रमणकारीलाई ‘आज १५ वर्षको जेल सजाय सुनाइएको बुसान जिल्ला अदालतका प्रवक्ता ली जे–हीले बताए ।

आक्रमण अप्रिल १० को संसदीय चुनावभन्दा करिब तीन महिना अगाडि भएकोले किममाथि हत्याको प्रयास र निर्वाचन कानुन उल्लङ्घनको आरोप लगाइएको थियो ।लीलाई ‘राष्ट्रपति बन्न’ बाट रोक्न चाहेको कारण किमले सावधानीपूर्वक आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ ।

अप्रिलको चुनावमा दक्षिण कोरियाको कन्जर्भेटिभ सत्तारुढ पार्टीलाई तत्कालीन लीको नेतृत्वमा रहेको डेमोक्र्याटिक पार्टी (डिपी) ले हार बेहोरेको थियो ।लीले अगस्टमा हुने पार्टी सम्मेलनमा फेरि डिपीको नेतृत्वका लागि व्यापक रूपमा दौड गर्ने अपेक्षा गरिएको छ ।

विगतमा धेरै उच्च–प्रोफाइल दक्षिण कोरियाली राजनीतिज्ञहरू सार्वजनिक रूपमा आक्रमण भएका छन् ।लीभन्दा पहिले डेमोक्र््याटिक पार्टीको नेतृत्व गरेका सङ यङ गिललाई सन् २०२२ मा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।

यसैगरी सन् २०१३ मा राष्ट्रपति बनेकी पार्क ग्युन हेलाई सन् २००६ मा एउटा ¥यालीमा छुराले आक्रमण गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot