Logo

समयानुकुल कानुन निर्माणको काम भइरहेको छः मन्त्री शर्मा



काठमाडौँ, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समयानुकुल र गुणस्तयीय कानुन बनाउने काम भइरहेको बताएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले नयाँ कानुन निर्माण र मौजुदा कानुनमा समसामयिक सुधारको काम निरन्तर भइरहेको सदनलाई जानकारी दिइन्।

कानुनमा समसामयिक सुधार गर्ने काम निरन्तर भइरहेको र संविधानप्रदत मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउने काम प्रारम्भिरुपमा बन्नुपर्ने कानुन निर्माण भई कार्यान्वयनका क्रममा रहेको मन्त्री शर्माको भनाइ थियो ।

“कानुन सुधार निरन्तर र नियमित प्रक्रिया हो, त्यसको दायित्व जनप्रतिनिधित्व हो”, मन्त्री शर्माले भनिन्, “नियमितरुपमा सरोकारवालासँग छलफल गरेर एक सय ९५ वटा संविधानअनुकुल कानुन भएका छन् भने केही नेपाल ऐन संशोधनअनुसार दुई सय ३९ वटा कानुन संशोधन भइसकेका छन् ।”

मन्त्री शर्माले नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहको कानुन बनाउने विषय एक र साझा अधिकार स्पष्ट पारेअनुसार कानुन बनिरहेको बताइन् ।

मन्त्री शर्माले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन भइसकेको जानकारी सदनलाई गराइन् ।

चालु आर्थिक वर्षमा शान्ति कोष स्थापना गर्न एक अर्ब व्यवस्था समेत गरिएको र सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कानुन तथा मानव अधिकार समितिमा संशोधनका क्रममा रहेको जानकारी गराइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot