Logo

‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’



काठमाडौँ, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको उद्देश्य सुशासन कायम , सामाजिक न्याय र समृद्धि हासिल गर्नु बताएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगअन्तर्गत विनियोजित बजेटका शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रस्तुत गरेको बजेट समन्यायिक र नतिजामूलक रहेको बताइन् ।

मन्त्री शर्माले बजेटमा दलित विकास प्राधिकरणको अवधारणा समेटिएको, समृद्धि हासिल गर्न विभिन्न विकासका योजनाहरु राखिएको हिमाल, पछाडि पारिएका क्षेत्र र सुदुपश्चिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम राखिएको बताइन् । उनले बजेट व्यावहारिक र प्रतिफल दिने खालको भएको स्पष्ट पार्दै पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक रुपान्तरणका परियोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot