Logo

पार्टीको महाधिवेशन बहिष्कार गरेका प्रेम आले भारतमा, केन्द्रीय सदस्य रुचिको विषय नभएको प्रतिक्रिया



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनमा सहभागी नभएका डोटीमा निर्वाचित सांसद प्रेम आले केन्द्रीय कमिटीमा सेमिटएनन् । अध्यक्ष माधव नेपालले नै आलेलाई केन्द्रीय कमिटीमा नसमेटेको चर्चा छ।

तर, आलेले महाधिवेशन नै बहिष्कार गरेका थिए । उनी यतिवेला व्यक्तिगत कामको सिलसिलामा भारतमा रहेको बुझिएको छ । उनले आफूलाई केन्द्रीय सदस्य बन्न कुनै रुचि नभएको प्रतिक्रिया दिएका छन् ।

उनले आफूलाई स्वतन्त्र सांसदको रुपमा बढि चित्रण गर्न थालेका छन् । एमालेबाट विद्रोह गर्दा माधव नेपालले यीनै आलेबाट दरिलो साथ पाएका थिए । उनी एकीकृत समाजवादीमा लामो समयसम्म नबस्ने चर्चा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot