Logo

जुन दिनसम्म प्रचण्ड प्रधानमन्त्री रहिरहनुहुन्छ, त्यो दिनसम्म हाम्रो साथ रहन्छ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिमसम्म साथ रहने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहाल सरकारको नेतृत्वमा रहेसम्म आफ्नो दलको सरकारमा सहभागिता नटुट्ने दाबी गरे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने घनेर घोषणा गरेकोले आफूहरुले मत दिने खनालको भनाई छ ।

उनले तत्काल आफूहरु अब बन्ने एमाले नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले कांग्रेस र एमालेबीच के कारणले नयाँ सहमति भयो ? भनेर आफूहरुले थाहा नपाएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot