Logo

केपी ओलीको सुरक्षामा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु



काठमाडौं, असार २२ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका इन्सपेक्टर उमेश थापाको मृत्यु भएको छ । भक्तपुरको गुन्डुस्थित घरमा सुतेकै अवस्थामा अचेत भेटिएका ४२ वर्षिय उमेश थापाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

उनको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । शवको पोष्टमार्टम गरी मृत्युको बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सरकारले पूर्व प्रधानमन्त्रीहरूलाई सुरक्षा थ्रेट का आधारमा सशस्त्र प्रहरीको इन्स्पेक्टर र सई नेतृत्वमा टोली खटाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्