Logo

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो?



काठमाडौं, असार २३ । आज सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसअघि गत जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्