Logo

कांग्रेस र एमाले मिलेकोप्रति झलनाथको टिप्पणी : यो संसदीय व्यवस्थामा नौटंकी हो



काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यलाई नौटंकीको संज्ञा दिएका छन् । उनले आफ्नो दल नयाँ गठबन्धनमा सहभागी नहुने पनि स्पष्ट पारे । दुई ठूला दलले राष्ट्रिय सहमतिको सरकारका नाममा फजुलको कुरा गरेको पनि खनालको टिप्पणी छ ।

आज (आइतबार) बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । उनले भने,‘कुबेलाको सनही बजाउँदैनन् । जतिबेला बिहेबारी हुन्छ त्यतिबेला सनही बजाउने हो । जतिबेला लास लिएर हिँड्ने बेला हुन्छ त्योबेला अरु नै कुरा बजाउने हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्