Logo

चिनियाँ राष्ट्रपति सी र हङ्गेरीका प्रधानमन्त्री ओर्बानवीच युक्रेन सङ्कटबारे छलफल



बेइजिङ, २४ असार । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गरेका छन् । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।

हङ्गेरिका प्रधानमन्त्री ओर्बानले चिनियाँ नेता सीलाई युक्रेन र रूसको हालैको भ्रमणको बारेमा जानकारी दिएको र राष्ट्रपति सीले युक्रेन सङ्टको राजनीतिक समाधानलाई बढावा दिन ओबानले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

चीनका राष्ट्रपति सीले प्रारम्भिक युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्ध विस्तार नगर्ने, लडाइँमा वृद्धि नगर्ने र कुनै पनि पक्षले युद्ध रोक्न नचाहेको अवस्थामा यस्ता सिद्धान्त पालना गरेर परिस्थितिलाई शान्त पार्नु प्राथमिकता रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई परिस्थिति सिर्जना गर्न र दुई पक्षबीच प्रत्यक्ष संवाद र वार्ताको पुनः प्रारम्भका लागि समर्थन प्रदान गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक उर्जाको सट्टा सकारात्मक ऊर्जा दिए मात्र सकेसम्म चाँडो युद्धविराम हुनसक्ने उल्लेख गरे ।

चीनले आफ्नै तरिकाले शान्ति वार्तालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासहरूलाई प्रोत्साहित र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गरे ।

चीन र हङ्गेरीको आधारभूत प्रस्ताव र उनीहरूको प्रयासको दिशा एउटै भएको र चीन हङ्गेरी र सबै सम्बन्धित पक्षहरू सम्पर्कमा रहन इच्छुक रहेको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्