Logo

करण परियार र अस्मिताको स्वर रहेको ‘मैले सम्झिने मान्छे’ गीतको भिडिओ सार्वजनिक



काठमाडौं, २४ असार । नेपाल आइडल सिजन–५ का विजेता करण परियार र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘मैले सम्झिने मान्छे’ गीतको भिडिओ सार्वजनिक भएको छ ।

डा. विष्णु दाहालको शब्द, रचना रहेको गीतमा सनिशा भट्टराई र शितल वाग्लेको अभिनय छ । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतको एरेन्जरमा महाराज थापा छन् ।

भिडिओको निर्देशन भने अहिलेका चलेका निर्देशक निकेश खड्काले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्