Logo

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं, असार २५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक-दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्