Logo

सडक माथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध



काभ्रे, असार २५ । सडक माथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित ५० किलो क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो करिब सय मिटर जति भएकोले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने काम भने सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्