Logo

४४ वटा दोहोरी र रात्री क्लबलाई महानगरको अल्टिमेटम



काठमाडौं, असार २५। काठमाडौं महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौं क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजश्व नबुझाएको भन्दै ताकेता गरेको छ ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिन भित्र बुझाउन सूचना जारी गरेको छ ।

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्