Logo

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असार २५ । नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्