Logo

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा



काठमाडौं, असार २६ । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । केहिबेरअघि सप्पन्न खेलमा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो । तिनै गोल पहिलो हाफमा भएको थियो ।

खेलको आठौँ मिनेटमा कोलो मोउनीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २१ औं मिनेटमा लामिने यामलले र २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनले अब उपाधिका लागि नेदरल्यान्ड्स र ईंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्