Logo

गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक



काठमाडौं, असार २६ । भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्वओपनर गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहका अनुसार राहुल द्रविडको कार्यकाल सकिएको एक सातापछि गम्भीरलाई बिसिसिआईले नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

४२ वर्षीय गम्भीर सन् २००७ मा टी ट्वेन्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए। उनले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । भारतले गत साता आइसिसी टी–२० विश्वकप जितेपछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो । भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकमा चासो नदेखाएपछि गम्भीरले जिम्मेवारी पाएका हुन् ।

गम्भीर भारतको एकदिवसीय तथा टी–२० विश्वकप विजेता खेलाडी हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले सन् २००७ मा आइसिसी टी–२० विश्वकपको पहिलो संस्करण जित्दा गम्भीर ओपनर थिए । सन् २०११ मा घरेलु भूमिमा भारत एकदिवसीय विश्वकप च्याम्पियन हुँदा पनि उनी नै ओपनरका रुपमा थिए । यसैगरी, सन् २०११ र २०१७ मा कोलकाताले आइपिएल उपाधि जित्दा गम्भीर नै कप्तान बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्