काठमाडौं, असार २६ । सङ्घीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार अहिले विहान १० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ ।
त्यस्तै, ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठक बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलितआयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।
बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ भने विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।