Logo

गृहमन्त्री लामिछानेलक्षित ज्ञवालीको टिप्पणी : हामी त कहिले फाइल खुल्छ भनेर हेरेर बसिरहेकै थियौं



काठमाडौं, २६ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफुहरु भ्रष्टाचारको फाईल कहिले खुल्छ भनेर हेरेर बसेको टिप्पणी गरेका छन् । पार्टीको सचिवालय बैठकलगत्तै मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरियो भनेर गृहमन्त्री रवि लामिछानेले स्टण्ट गरेको टिप्पणी गरेका छन् । उनले भने,‘भ्रष्टाचारको फाइल खोल्न कसले रोकेको छ ?’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाले विगत १९ महिनादेखि सरकारमा भएरपनि भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए । उनले भने,‘उहाँलाई फाइल खोल्न कसले रोकेको थियो उहाँलाई ? रविजी पनि दुई पटक गरी ६ महिना गृहमन्त्री भइसक्नुभयो ? त्यसैले यो स्टण्टमात्रै हो। आफू असफल भएर सरकारबाट बाहिरिन परेपछि एउटा न एउटा बहाना बनाउनुभएको हो । उहाँहरूले भनेको एक साता भइसक्यो, हामी त कहिले फाइल खुल्छ भनेर हेरेर बसिरहेकै थियौं । कुन दिन कुन फाइल खुल्छ भनेर ।’ file photo



प्रतिक्रिया दिनुहोस्