Logo

संविधान संशोधन गर्न आयोग बनाउने कुनै सहमति नभएको ओलीको खुलासा



काठमाडौं, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेससँग संविधान संशोधन गर्न आयोग बनाउने कुनै सहमति नभएको स्पष्ट पारेका छन् । यसअघि कांग्रेस र एमालेबीच संविधान संशोधन गर्नको लागि कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने कुरा बाहिर आएको थियो ।

तर, आज बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले त्यस्तो आयोग बनाउनेबारे कुनै सहमति नभएको खुलासा गरेका हुन् । उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको जनाए । तर, निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि उनको स्पष्टोक्ति थियो । उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको जिकिर दबाी गरे ।

उनले भने,‘अनुभवहरूले के कस्ता परिवर्तन,परिमार्जन,सुधार आवश्यक छन्,त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ।कसैको नेतृत्वमा आयोग बनेको छैन।कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन।मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’ Photo Source: Balkot/Facebook



प्रतिक्रिया दिनुहोस्