Logo

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं, २७ असार । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री दाहालले भोलि असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई निरन्तर साथ दिँदै आएको छ । अहिलेपनि सो दलबाट भानुभक्त जोशी र धनबहादुर बुढा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा छन् ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि नेपालको राजनीतिको कोर्स परिवर्तन भएको छ । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले समय खर्च नगरिकन संवैधानिक व्यवस्थाअनुसार सदनमा विश्वासको मत लिने निधो गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्