Logo

कास्की पहिरो अपडेटः बेपत्ता दुईजनाको शव फेला, मृतकको सङ्ख्या ११ पुग्यो



काठमाडौं, असार २८ । कास्कीमा पहिरोमा परी बेपत्ता भएका दुईजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–३२ चैनपुरकी आरती ओझाको घर पहिरोेले पुरिँदा उनको ११ वर्षीया छोरी अनुस्का ओझा बेपत्ता भएकी थिइन्। बेपत्ता ओझाको शव फेला परेको प्रहरीले जनाएको छ। गयराति आएको पहिरोमा पुरिएर आरती ओझाकी १८ वर्षीया छोरी अनिता ओझा र दाईको ९ वर्षीय छोरा विवेक सुवेदीको मृत्यु भएको थियो।

यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोले घर पुरिएर बवेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको छ। कास्की प्रहरीका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएकी गुरुङको खोजतलास गर्दै जादा आज बिहान ७ बजे उनी मृत अवस्थामा फेला परेकी हुन्। कास्कीमा गयराति विभिन्न स्थानमा आएको पहिरोमा परी हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्