Logo

५९ यात्रु सवार बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा



काठमाडौं, असार २८ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ।काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो।

चिप्लिएर जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो। बुद्ध एयरका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। घाँसे मैदानमा पुगेको जहाज तान्न अहिले काठमाडौंबाट प्राविधिक टोली भैरहवा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्