Logo

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का



काठमाडौं, २८ असार । नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागिता जनाउने पक्का भएको छ । सभापति शेरबहादुर देउवाले नेता सिंहको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने निधो गरिसकेका छन् । नेता सिंहले पनि हिजो (बिहीबार) सभापति देउवासँग भेटवार्ता गरेर आफू सरकारमा सभागी हुन चाहेको प्रस्ताव राखेका थिए ।

१४औं महाधिवेशनमा सभापतिमा दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनी कुन मन्त्रालयको नेतृत्व गरेर जाने भन्ने टुँगो लागेको छैन् । उनले सकेसम्म गृह मन्त्रालयको नेतृत्व लिन चाहेका छन् । तर, सभापति देउवाले भने यसअघि नै गृह मन्त्रालयमा नेता रमेश लेखकलाई अघि सारेका छन् ।

लेखकको नाममा अब बन्ने सरकारको नेतृत्व गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाएकोले सिंहले अर्को कुनै महत्वपूर्ण मन्त्रालय लिनसक्ने चर्चा छ । सिंह एक महिना लामो बसाईको उपचार गरेर दिल्लीबाट हालै स्वदेश फर्किएका हुन् ।

उनको स्वास्थ्य अवस्था बुझ्न अहिलेपनि पार्टीका नेता तथा कार्यकर्ताहरु र शुभेच्छुकहरु चाक्सीवारीमा जम्मा हुने गरेका छन् । उनी स्वास्थ्यलाभ गरेर नै भारतबाट स्वदेश फर्किएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्