Logo

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेश, देउवासहित पुगे शितलनिवास



काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै कांग्रेसको समर्थनसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विश्वासको मत प्राप्त गर्न नसकेर प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कांग्रेस र एमालेका सांसदहरुले संसद् भवनमै नयाँ सरकारको लागि दाबी पेश गर्नेगरि हस्ताक्षर संकलन गरेका थिए । सभामुख देवराज घिमिरेबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको पत्राचार भएलगत्तै नयाँ सरकार गठनको लागि शितलनिवासबाट आह्वान भएको हो ।



प्रतिक्रिया दिनुहोस्