काठमाडौं, असार २९ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बसको खोजी कार्य आजपनि जारी रहेको छ ।
शुक्रबार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिए पनि आज विहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको छ। शुक्रबार अबेर खोजी कार्यमा गाडीको पर्दा र अन्दाजी १० वर्षको बच्चाको सुरुवाल भेटिएको क्षेत्रमा आज खोजी कार्य जारी रहेको छ । त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको छ।