Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल हुने



काठमाडौं, असार २९ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ ।

बैठकमा नयाँ सरकार गठन, केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीको नाम लगायत समसामयिक विषयमा छलफल हुने जनाइएकोे छ ।

नयाँ सरकार गठनका लागि ओलीलले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए।

एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका ओलीले आजै प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्