Logo

सूर्य थापालाई सञ्चारमन्त्री बनाउने ओलीको तयारी



काठमाडौं, २९ असार । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्दैछ । सचिवालय बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको छ । ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेर आफू नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाईनल गरिसकेको चर्चा छ ।

एमालेबाट अर्थमन्त्री बनेर विष्णु पौडेल सरकारमा सहभागी हुने करिब निश्चित् भएको एमाले नेताहरुको दाबी छ । यस्तै, सञ्चार मन्त्रालयको नेतृत्वमा भने सूर्य थापालाई लैजाने ओलीको तयारी छ । लामो समयदेखि अध्यक्ष ओलीको सारथीको रुपमा सक्रिय थापा ०७९ को निर्वाचनमा प्युठानबाट निर्वाचित सांसद हुन् ।

यसअघि ओली प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए । पत्रकारिता क्षेत्रबाट राजनीतिमा सक्रिय भएका थापा खरो राजनीतिज्ञको रूपमा चिनिन्छन् । उनी २०७९ को निर्वाचनको मतपरीणाम आएलगत्तै एमाले र कांग्रेस मिलेर सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने आवाज उठाउने नेता हुन् । file photo



प्रतिक्रिया दिनुहोस्