Logo

प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउने देउवाको तयारी



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । उनले यसपटक प्रकाशमान सिंहको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने निधो गरिसकेका छन् ।

सिंह उपप्रधान एवम् रक्षामन्त्री बन्ने पक्का भएको देउवानिकट उच्च स्रोतको दाबी छ । यस्तै, गृह मन्त्रालयको नेतृत्वमा रमेश लेखकलाई पठाउनेपनि पक्का भैसकेको छ । लेखकलाई गृह मन्त्रालयको नेतृत्वमा ल्याउनको लागि एमाले नेतृत्वपनि सकारात्मक थियो । परराष्ट्र मन्त्रालयको नेतृत्व डा. आरजु राणा देउवाले गर्ने निश्चित् भैसकेको छ ।

सभापति देउवाले यसपटक युवा नेता प्रदीप पौडेललाई पनि राम्रो मन्त्रालयसहित सरकारमा पठाउने तयारी गरेका छन् । पौडेल काठमाडौं–५ बाट निर्वाचित सांसद हुन् । लामो समय संसदीय राजनीतिमा आउनबाट बञ्चित पौडेलले अवसर पाएको पहिलोपटक नै संसद्को निर्वाचन जितेका हुन् ।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिनेगरि तयारी थाल्न देउवाले भनिसकेको बताईएको छ । पौडेललाई स्वास्थ्यमन्त्री बनाउनको लागि महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाको पनि जोड छ । थापाले त पौडेललाई मन्त्री बनाउनको लागि लविङ थालेका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्