Logo

रामप्रकाश चौधरीलाई सरकारमा पठाउने अध्यक्ष ठाकुरको तयारी, भण्डारीपनि सकारात्मक



काठमाडौं, ३० असार । लोकतान्त्रिक समाजवादी पार्टीले पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने निश्चित् भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डापछि साना दललाई पनि समेट्ने सहमति भएपछि लोसपाको भागमा एउटा मन्त्रालय परेको छ । लोसपामा चार जना सांसद छन् ।

अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी गराउनेगरि पार्टीभित्र छलफल गर्दा सर्लाही १ बाट निर्वाचित रामप्रकाश चौधरीलाई सरकारमा सहभागी गराउनेगरि सहमति जुटेको उच्च स्रोतको दाबी छ । यसअघि राम्रो मन्त्रालय पाए शरदसिंह भण्डारीले सरकारमा सहभागिता जनाउने तयारी गरेका थिए ।

तर, राम्रो मन्त्रालय नपाउने निश्चित् भएपछि भण्डारी सरकारमा सहभागी हुनबाट ब्याक भएका हुन् । यसअघि ओली सरकारमा सर्वेन्द्रनाथ शुक्ल सहभागी हुने चर्चा थियो । तर, ठाकुर र भण्डारीले पनि चौधरीलाई नै सरकारमा पठाउने निधो गरिसकेको लोसपानिकट उच्च स्रोतको दाबी छ ।

चौधरीले भने आफूलाई यसबारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने,‘पार्टीले कसलाई पठाउँछ मलाई थाहा छैन् । अहिलेसम्म मलाई यसबारेमा कुनै जानकारी छैन् । अध्यक्षज्यू सल्लाह गर्दै हुनुहुन्छ ।’ लोसपाको भागमा युवा तथा खेलकुद वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमध्ये एउटा पर्ने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्