Logo

नवनियुक्त प्रधानमन्त्री ओलीको पहिलो प्रतिक्रिया : यो जिम्मेवारी सफलताका साथ पूरा गर्छु



काठमाडौं, ३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो प्रतिक्रिया हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि आफ्नो निजी निवास बालकोटमा सञ्चारकर्मीहरुलाई दिएको संक्षिप्त प्रतिक्रियामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आज (आइतबार) साँझमात्रै उनी चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । भोलि विहान ११ बजे उनको पद तथा गोपनियताको शपथ हुँदैछ । भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्