Logo

एमालेबाट मन्त्री हुनेहरुको नाम टुँगो लगाउन बालकोटमा निर्णायक छलफल



काठमाडौं, ३० असार । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पठाउनको लागि मन्त्रीहरुको नाम आजै टुँगो लगाउने भएको छ । भोलि (सोमबार) नवनियुक्त प्रधानमन्त्री ओलीको पद तथा गोपनियताको शपथ हुँदैछ। कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुँगो लागेकोले अब क कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुवै दलका शीर्ष नेताहरु आपसी छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो निवासमा फर्किएपछि मन्त्रीहरुको नाम फाईनल गर्न छलफलमा जुटेको बालकोट स्रोतको दाबी छ । उक्त छलफलमा अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल जुटेको बताईएको छ ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ सहमति भएको छ ।

अर्थ मन्त्रालयमा विष्णु पौडेल जाने पक्का भएको एमाले उच्च स्रोतको दाबी छ । अरु मन्त्रालयमा भने नाम टुँगो लागेको छैन् । एमालेबाट मन्त्री बन्नेहरुमा योगेश भट्टराई, पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, विद्या भट्टराई, कृष्णगोपाल श्रेष्ठ, पदम गिरी, जुली महतोलगायतको नाम चर्चामा छ । file photo



प्रतिक्रिया दिनुहोस्