Logo

उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दिपक खड्का



काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दिपक खड्का उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले उर्जामन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

नेता खड्का कांग्रेसबाट मन्त्री हुने चर्चा चलेका ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरी मध्ये अब्बल छनौट हुँदै उर्जा मन्त्रालयको जिम्मेवारीमा जान लागेका हुन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता खड्काले छोटो अवधिमा पनि जनताको मन जित्ने काम गरेका थिए । खड्काले सुरुदेखि नै मुलुकको समृद्धि र विकास कसरी हाँसिल गर्न सकिन्छ भनेर दत्तचित्त भएर लागिपर्ने नेताको छवि बनाएका छन् । नेता खड्का विकासवादी नेताको रुपमा परिचित छन् ।

उनको विकासप्रतिको लगाव र सोहीअनुसारको भूमिका देखेर होला देशका पहिलो पुस्ताका प्रायः सबै दलका राष्टिय नेताहरुले मन पराएका छन् । खड्काले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि आफ्नो तर्फबाटपनि योगदान पुर्याउँदै आएका छन् ।

मेलम्चीको खानेपानी जतिसक्दो चाँडो ल्याउनेगरि कामको थालनी गरेका खड्काको पालामा मेलम्ची आयोजनाले गति लिएको थियो । उनी आफैं फिल्डमा खटिईन्थे । कांग्रेसमा खड्का ‘एक्शन-ओरियन्टेड लिडर’ को रुपमा परिचित छन् । उनी कुनैपनि काममा ढिलासुस्ती भएको देख्न सक्दैनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनको शपथ अहिले बिहान ११ बजे हुँदैछ ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले कांग्रेसबाट सात जना मन्त्रीको नाम टुंग्याएका छन् । देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् । तीन जना मन्त्रीको नाम टुुङ्गिन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्