Logo

ओली क्याविनेटमा जम्मा दुई जना महिला मन्त्री



काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा दुई जना महिला मन्त्री भएका छन् । नेपाली कांग्रेसबाट डा. आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन् । यता, नेकपा (एमाले) बाट भने विद्या भट्टराई शिक्षामन्त्री बनेकी छिन् । प्रधानमन्त्री ओलीले २१ जना मन्त्री नियुक्त गरेका थिए ।

सबै नवनियुक्त मन्त्रीहरुले आजै पथ तथा गोपनियताको शपथ लिईसकेका छन् । डा. राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । उनी अन्तर्राष्ट्रिय सम्बन्धकी जानकार हुन् । उता, शिक्षामन्त्रीमा नियुक्त विद्या भट्टराई भने प्राध्यापन पेशामा आवद्ध थिईन् । उनी एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

अधिकारी पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेकै बेलामा हेलिकप्टर दुर्घट्नामा परी निधन भएको हो । उनको निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रको उपनिर्वाचनमार्फत नै विद्याले आफ्नो संसदीय राजनीतिक यात्रा आरम्भ गरेकी हुन् ।

यो उनको सांसदको रुपमा दोस्रो कार्यकाल हो । लगातार चुनाव जितेकै कारण प्रधानमन्त्री ओलीले उनलाई आफ्नो क्याविनेटमा समावेश गरेका हुन् । उता, आरजु भने समानुपातिक सांसद हुन् । उनी २०७४ को निर्वाचनमा भने कैलालीबाट लडेकी थिईन् । उनी एमालेका नारदमुनि रानासँग पराजित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्