Logo

एक्टिभ एकेडेमीद्वारा ‘ऋषि धमला छात्रवृत्ति कोष’ स्थापना



काठमाडौं, ३१ असार । एक्टिभ एकेडेमीले पत्रकार ऋषि धमलाको नाममा छात्रवृत्ति कोष स्थापना गरेको छ । उक्त एकेडेमीको आज (सोमबार) मनाईएको २४औं वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्षसमेत रहेका बरिष्ठ पत्रकार ऋषि धमलाको नाममा उक्त छात्रवृत्ति कोष स्थापना गरिएको घोषणा गरेको हो ।

सो अवसरमा धमलाले विद्यार्थीहरुले अनुशासनलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले देश विकासको लागि शिक्षा नै मेरुदेण्ड भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा एकेडेमीलाई आगामी दिनमा थप शैक्षिक सफलताको लागि शुभकामना पनि दिए ।

सो अवसरमा धमलाले देशको विकासको लागि भाषण गर्ने भन्दापनि एक्शन लिने नेतृत्वको आवश्यक भएको उल्लेख गरे । उनले नयाँ सरकार आएकोले उसको काम केही समय हेर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्