Logo

बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको दर



काठमाडौं, साउन १ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्