Logo

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता



काठमाडौं, साउन १ । बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ । गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घटनामा परी एक जना बेपत्ता रहेका छन् ।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन्।



प्रतिक्रिया दिनुहोस्