Logo

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने



काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भइ सोमबार शपथ ग्रहण गरेका ओलीले प्रधानमन्त्रीको हैसियतमा संसदमार्फत देशवासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्