Logo

प्रधानमन्त्री ओलीलाई भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको बधाई



काठमाडौं, १ साउन । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीको शपथ लिएर हिजो (सोमबार) बाठ कार्यभार थालेका ओलीलाई भाजपाका विदेश विभाग प्रमुख एवम् नेपाल मामिलाका जानकार डा. चौथाइवालेले बधाई दिएका हुन् ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एश. जयशंकरले पनि प्रधानमन्त्री ओलीलाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरुले नेपाल–भारत सम्बन्ध अझै मजबुद हुनेपनि विश्वास लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्