Logo

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो?



काठमाडौं, साउन १ । सुनको मूल्यले फेरि कीर्तिमानी उचाइ छोएको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्