Logo

भारतीय राजदूत श्रीवास्तवद्वारा सहरी विकासमन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, १ साउन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता भएका छन् ।

सिंहले सहकारी विकास मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत श्रीवास्तवले मन्त्रीसमक्ष भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, भारतले नेपालको सहरी विकासको क्षेत्रमा गर्दै आएको सहयोग र योगदानको बारेमा चर्चा भएको सो मन्त्रालयका सचिव ईं मणिराम गेलालले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्