Logo

उपेन्द्र यादवको हृदयभित्र मधेशप्रति प्रेम छैन्, अब उनको भविष्य छैन् : राजेश अहिराज (भिडिओसहित)



काठमाडौं, १ साउन । राजनीतिक विश्लेषक तथा पूर्व प्रदेश प्रमुख राजेश अहिराजले उपेन्द्र यादवको हृदयमा मधेशप्रति प्रेम नभएको टिप्पणी गरेका छन् । उनले उपेन्द्रलाई मधेशवादी नेताको रूपमा आफूले नमान्ने पनि टिप्पणी गरेका छन् ।

प्राइम टिभीको लागि संक्षिप्त कुराकानीमा विश्लेषक अहिराजले भनेका छन्–‘उ कसरी मधेशवादी हुन्छ ? जसको हृदयभित्र मधेशप्रति प्रेम नै छैन्, उ कसरी मधेशवादी हुन्छ ? तिनीहरुले मधेशको नाममा सटर खोलेका थिए, मधेश आश्रित दल थिए, हिजो सेन्टिमेन्टको पोलिटिक्स गरे, अहिले इन्स्ट्रमेन्टको पोलिटिक्स गरिरहेका छन् । अब यिनीका भविष्य छैन् ।’

उनले नेपालमा अब खुद्रे र मुद्रे दलहरुको कुनै भविष्य नभएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्