Logo

भारतीय राजदूत श्रीवास्तवद्वारा परराष्ट्रमन्त्री डा. राणासँग भेटवार्ता



काठमाडौं, १ साउन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री देउवालाई भेट्नको लागि राजदूतको टोली सिंहदरबारस्थित् मन्त्रालय पुगेको थियो ।

भेटमा राजदूत श्रीवास्तवले मन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास दिलाएका थिए । मन्त्री देउवालाई पदभार ग्रहण गरेकै दिन हिजो (सोमबार) नै भारतीय विदेशमन्त्री डा. एश. जयशंकरले बधाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्