Logo

प्रधानमन्त्रीबाट बिदा भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रचण्ड, समाजवादी मोर्चाको बैठक जारी



काठमाडौं, १ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । प्रधानमन्त्रीबाट बिदा भएपछि दाहालको आजको कार्यक्रम पहिलो सार्वजनिक कार्यक्रम हो ।

अहिले समाजवादी मोर्चाको बैठक जारी छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय, आलोकनगरमा बसेको बैठकमा मोर्चालाई बलियो बनाउने विषयमा छलफल भैरहेको जनाईएको छ । बैठकको अध्यक्षता नेकपाका महासचिव नेत्रविक्रम चन्दले गरेका छन् ।

बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठपनि सहभागी छन् । यस्तै, बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ सहभागी छन् । नेकपाबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्