गण्डकी, २ साउन । चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।
महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् रु ९० हजार उपलब्ध गराइएको छ । त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ ।
उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई रु पाँचरपाँच हजार नगदसहित सम्मान गरेको छ ।
अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताए । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुुपर्ने उनको भनाइ छ । रासस