Logo

अमेरिकी राष्ट्रपति तेस्रो पटक कोरोना संक्रमित, चुनावी अभियान प्रभावित



काठमाण्डौं, साउन ३ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।

चुनावी अभियानको क्रममा लस भेगासमा देखिएका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ । कोरोना संक्रमण भएपछि उनी अब केहीदिन डेलावेरमा रहेको आफ्नो घरमा आइसोलेसनमा बस्नेछन् ।



प्रतिक्रिया दिनुहोस्