Logo

ओमानको समुन्द्रबाट आठ भारतीय नागरिकको उद्धार



नयाँ दिल्ली, ३ असार । भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले बिहीबार ओमानको समुद्रमा तेल ट्याङ्कर पल्टिएर भएको दुर्घटनाबाट आठ भारतीय नागरिकहरूको उद्धार गरिएको र हाल उनीहरुको उपचार भइरहेको बताएका छन्।

“दुर्भाग्यवस एकजना भारतीय नागरिको भने शव फेला परेको छ । भारत सरकारले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित परिवारलाई सबै सम्भव सहयोग सुनिश्चित गरिरहेको छ”, उनले भने ।

ओमानको समुद्रमा जुलाई १५ मा ’एमभी प्रेस्टिज फाल्कन’ जहाज पल्टिएपछि भारतीय नौसेनाको तत्काल खोजी र उद्धार अभियान सुरु गरेको थियो । हालसम्म आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित जहाजबाट नौ जना चालक दलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको छ।

भारतीय नौसेना र ओमानी अधिकारीहरूले बाँकी बेपत्ता चालक दलका सदस्यहरू खोजी कार्य जारी राखेका छन् ।

“एमभी फाल्कन जहाजमा सवार १६ जना चालक दलका सदस्यमध्ये आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित नौँ जना सदस्य जीवित फेला परेका छन्। बाँकी सदस्यहरूको खोजी र उद्धार कार्य जारी रहनेछ“, भारतीय नौसेनाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्