Logo

म्यानमामा बाढीका कारण विद्यालय बन्द



यांगन (म्यानमा) ३ साउन । दक्षिणी म्यानमारको बागो क्षेत्रमा स्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जलस्तरका कारण बन्द गरिएको सरकारी म्यानमाको अलिन दैनिकले बिहीबार जनाएको छ ।

पान्डाउङ बस्तीका माध्यमिक तथा प्राथमिक विद्यालय सहित १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको स्रोतले जनाको छ ।

बन्द रहेका विद्यालयमा दुई हजार ८६४ जना विद्यार्थी र २०७ जना शिक्षक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार,बर्षा निउन्त्रण भई नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् । रासस



प्रतिक्रिया दिनुहोस्