Logo

देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू छन्, हामी त्यहीअनुसार काम गर्छौं : उर्जामन्त्री खड्का



काठमाडौं, ३ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्तमान सरकारले बेरोजगारीको समस्या हटाउनेगरि काम गर्ने बताएका छन् । उनले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताए ।

नेपाल इन्जिनीयर्स एसोसियसनको ६२औँ स्थापना दिवसका अवसरमा आज (बिहीबार) प्रज्ञा भवनमा आयोजित ‘६२ औँ इन्जिनियर्स दिवस’ को कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएकाले रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सम्बोधनको क्रममा उनले भने,“देश बनाउने जिम्मा तपाईँ हाम्रो काँधमा छ, बाहिरका व्यक्ति आएर देश बनाउँदैनन्, क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नेछ।”

मन्त्री खड्काले जुलाई २८ मा बङ्गलादेशसँग ४० मेगावाट विद्युत् खरिद बिक्रीको सम्झौता हुन लागेको जानकारी दिए । यसअघि नै १० हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्न सरकारले सम्झौता गरिसकेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्