Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै तात्तिए प्रचण्ड, माधव र रवि लामिछाने



काठमाडौं, ४ साउन । विपक्षी दलका नेताहरु आकस्मिक रूपमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेपछि नै विपक्षी दलका नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले यही साउन ६ गते आइतबार विश्वासको मत लिने तय भएको छ ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज छलफलमा जुटेका हुन् ।

उनीहरुबीच अहिले सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता सुरु भएको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाएपछि माओवादी, रास्वपा र एकीकृत समाजवादी विपक्षी कित्तामा पुगेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्